च्यालेन्ज कप भलिबलमा श्रीलंकासँग नेपालको हार

नेपालखोज २०८० असोज २३ गते १८:३१

काठमाडौं । श्रीलंकामा जारी काभा पुरुष भलिबल च्यालेन्ज कपको आफ्नो दोस्रो खेलमा नेपाल पराजित भएको छ । आयोजक श्रीलंकासँग मंगलबार भएको खेल नेपालले ३–० सेटले गुमाएको छ ।

श्रीलंकाले नेपाललाई २६–२४,२५–१८ र २५–१६ ले हराएको थियो । पहिलो खेलमा बंगलादेशलाई ३–१ ले हराएको नेपालले श्रीलंकालाई पहिलो सेटमा बाहेक खासै चुनौती दिन सकेन ।

श्रीलंकाले लगातार दोस्रो खेलमा जित निकालेको छ । पहिलो खेलमा श्रीलंकाले साउदी अरेबियालाई ३–० कै सोझो सेटमा पराजित गरेको थियो । मंगलबार भएको पहिलो खेलमा उज्वेकिस्तानले साउदी अरेबियालाई ३–० को सोझो सेटमा हराएको छ ।

प्रतिक्रिया