मंगलबार, वैशाख २५, २०८१

प्रभु लाइफ इन्स्योरेन्सको खुद मुनाफा बढ्यो

नेपालखोज २०७८ साउन २९ गते १३:५८

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको खुद मुनाफामा उच्च अंकले बढेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/०७८ मा १७ करोड छ लाख ३१ हजार १९ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा चार करोड ४४ लाख ९६ हजार चार सय ४९ रुपैयाँ मात्र रहेको थियो ।

हाल चुक्ता पूँजी दुई अर्ब रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी आठ रुपैयाँ ५३ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय २१ रुपैयाँ २३ पैसा रहेको छ ।

प्रतिक्रिया