सत्तारुढ गठबन्धनले साझा कार्यक्रमलाई अन्तिम रुप दियो , अपराह्‍न ४ बजे सार्वजनिक गरिँदै

नेपालखोज २०७८ साउन २४ गते १३:०५


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको सत्ता गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम साझा कार्यक्रमलाइ आज अन्तिम रुप दिइएको छ ।आज बिहान बालुवाटारमा कार्यदलको बैठक बसेर अन्तिम रुप दिइएको कार्यक्रमलाई अपराह्न ४ बजे सिंहदरबारबाट सार्वजनिक गरिने जनाइएको छ ।


न्यूनतम् साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्तारुढ गठबन्धन दलका शीर्ष नेता र कार्यदल सदस्यहरुबीच छलफल हो । कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरु सम्मिलित कार्यदलले सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन तयार पारेर साउन २४ गते शीर्ष नेताहरुलाई बुझाएको थियो ।संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ ।


प्रतिवेदन ११ बुँदामा समेटिएको छ । सत्ता गठबन्धनले शान्तिप्रक्रियाको पूर्णतासहित शान्ति सुव्यवस्था र सुशासन तथा सामाजिक रुपान्तरणलाई प्राथमिकतामा राखेको छ । यही न्यूनतम साझा कार्यक्रमलाई संयुक्त घोषणापत्रका रुपमा कार्यान्वयन गर्ने गरी सत्ता गठबन्धका दलहरुले न्यूनतम साझा कार्यक्रम बनाएर लागु गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया