नेप्सेमा झिनो अंकको सुधार, शून्य दशमलव ६६ अंकले बढ्दा १४ अर्ब ३० करोडको सेयर किनबेच

काठमाडौं । नेप्सेमा झिनो अंकले सुधार आएको छ । साताको पहिलो कारोबार दिन आज नेप्से शून्य दशमलव ६६ अंकले बढेर तीन हजार एक सय आठ दशमलव १२ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ७८ अंकले बढेर पाँच सय ७८ दशमलव नौ अंकमा पुगेको छ । आज दुई सय २७ कम्पनीका दुई करोड ६९ लाख ३९ हजार कित्ता सेयर १४ अर्ब ३० करोड रुपैयाँमा कारोबार भएका छन् ।
आज १३ वटा समूहको कारोबार भएकोमा छ वटा समूहको सूचक बढेका छन् भने सात वटा समूहको सूचक घटेका छन् । ति मध्ये वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव आठ अंकले बढेर दुई हजार एक सय दुई दशमलव ८७ अंकमा चढेकामा जलविद्युत् समूहको सूचक पनि एक सय १५ दशमलव पाँच अंकले बढेर तीन हजार पाँच सय ७४ दशमलव २२ अंकमा चढेको छ ।
यि बाहेक विकास बैंक, फाईनान्स, उत्पादनमुलक र सामुहिक लगानी कोष समूहरुको सूचक पनि बढेका छन् । निर्जिवन बीमा समूहको सूचक भने आज दुई सय दुई दशमलव ७९ अंकले घटेर १४ हजार चार सय ४८ दशमलव ९९ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि एक सय एक दशमलव ५४ अंकले घटेर १७ हजार नौ सय २४ दशमलव २८ अंकमा झरेको छ ।
यि बाहेक लघुवित्त, ट्रेडिङ, होटल तथा पर्यटन, अन्य र लगानी समूहहरुको सूचक पनि घटेका छन् । आज अपी पावर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर ६ सय सात रुपैयाँमा कारोबार हुंदा एनआईसी एशिया बैंक ऋणपत्रको प्रतियुनिट सेयर मूल्य सात दशमलव ३७ प्रतिशतले घटेर एक हजार ३० रुपैयाँमा कारोबार भएको छ ।
यसैगरी आज अपी पावर लिमिटेडको प्रतिकित्ता ६ सय सात रुपैयाँ २० पैसा अन्तिम मूल्यमा ८१ करोड ८५ लाख ८७ हजार रुपैयाँको कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकम मध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया