चौबीस घण्टामा थप ५५ जनाको मृत्यु, २,५४८ संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा थप २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ३३ जनाको पीसीआर परीक्षणमा २ हजार १३७ र ३ हजार ३४५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४११ जना गरि कुल २ हजार ५४८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआर विधिबाट ७ लाख १४ हजार ७८८ र एन्टीजेन विधिबाट ६८ हजार ४७८ पुगेको छ ।
चौबीस घण्टामा मुलुकका विभिन्न अस्पतालबाट २ हजार २९ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा संक्रमण मुक्त हुनेको कुल संख्या ६ लाख ६९ हजार २९९ पुगेको छ । मन्त्रालयका अनुसार निको हुने दर ९३. प्रतिशत रहेको छ ।
त्यस्तै, पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण थप ५५ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार ९३ पुगेको छ ।

प्रतिक्रिया