पौडेलद्वारा आफूनिकट केन्द्रीय सदस्यहरुको बैठक आह्वान
नेपालखोज
२०७८ साउन २५ गते १२:०८

काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकट केन्द्रीय सदस्यहरुको बैठक बाेलाएका छन् । भदौमा तोकिएको महाधिवेशन सर्ने निश्चत जस्तै भएपछि उनले आफू निकट केन्द्रीय सदस्यहरुको बैठक बाेलाएका हुन् ।
बैठक दिउँसाे ३ बजे महाधिवेशन र सरकारका काम कारबाहीका विषयमा केन्द्रित हुने बताइएकाे छ । आजै नेपाली कांग्रेसको संस्थापन इतर समूहको जिल्ला समूहको भेला हुँदैछ ।
सम्बन्धित

प्रतिक्रिया