प्रदेश १, २, वाग्मती र गण्डकीका केही स्थानमा वर्षा

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले आज देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हाल देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । अहिले प्रदेश १, २, वाग्मती र गण्डकीका केही स्थानहरुमा वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागका अनुसार प्रदेश १, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
आज राति भने देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश १ र वाग्मती प्रदेशको एक वा दुई स्थानमा भने मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
यस्तै जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही प्रदेश १, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू- भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको छ । यसकारण नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले सबैमा अनुरोधसमेत गरेको छ ।
-फाइल तस्बिर

प्रतिक्रिया