ओली भन्छन्- आगो निभाउन पानी खन्याउनुपर्छ

नेपालखोज २०७८ साउन २६ गते १४:४६
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटनपछिको पहिलो बैठकमा दिएको अभिव्यक्तिको जवाफ दिएका छन् ।

ओलीले मंगलबारको प्रतिनिधिसभा बैठकमा ‘आगोसँग नखेल’ भन्ने प्रचण्डको अभिव्यक्तिको जवाफ दिएका हुन् । उनले भनेका छन्, ‘म आगो हुँ नखेल नत्र भन्नुभो । उहाँ आगो हो । डढेलो लगाउनुहुन्छ, थाहा छ । एक-दुई बाल्टी पानीले निभाएको पनि सम्झना रहोस् । त्यस्तो आगो निभाउन पानी खन्याउनुपर्छ’

प्रतिक्रिया