आइतबार, वैशाख १६, २०८१

अर्को छोराको नाम पनि विवादमै !

नेपालखोज २०७८ साउन २६ गते १६:३४

मुम्बई । बलिउड अभिनेत्री करिना कपुर खानका पिता रणधीर कपुरले करिनाका कान्छा छोराको नाम ‘जेह’ भएको बताएका थिए । यसबीच करिनाले आफ्नो छोराको नाम सार्वजनिक गरेकी थिइनन् । सामाजिक सन्जालमा दबाब आए पनि उनले छोराको नाम गोप्य नै राखिन् । यतिसम्म कि करिनाले आफ्नो कान्छो छोराको अनुहारसमेत मिडियामा सार्वजनिक गरिनन् । यद्यपि हालै प्रेग्नेन्सीमाथि लेखिएको उनको पुस्तकमा उनको दोस्रो सन्तानको नाम उल्लेख गरिएको छ र त्यो नाम देखेर धेरैले आश्चर्य प्रकट गरेका छन् भने कतिपयले त्यसमा आपत्ति जनाएका छन् ।

ई-टाइम्सको रिपोर्टअनुसार करिना कपुर खानले आफ्नो पुस्तकमा आफ्नो सानो छोराको नाम जहाँगिर भएको उल्लेख गरेकी छन् । पुस्तकमा छापिएको एक तस्बिरको क्याप्सन मा ‘जेह’ भनिँदै आएको बालकलाई जहाँगिर भनेर सम्बोधित गरिएको छ । यो देखेपछि मानिसहरु ती बालकको छोटो र बोलाउने नाम जेह भए पनि असली अनि पूरा नाम जहाँगिर भएको निष्कर्षमा पुगेका छन् ।

करिना र उनका पति सैफ अली खान पहिलो सन्तानको नाम तैमुर अली खान राखेपछि पनि विवादमा आएका थिए किनभने तैमुर ती मुसलमान सम्राटको नाम हो जसले भारतमा आक्रमण गरेर लुटपाट मच्चाएका थिए । तैमुरको आक्रमणपछि भारतीय महिलाहरु बलात्कारसहित क्रूर हिंसा र अपमानको सिकार भएको बताइँदै आएको छ ।

दोहोरियो गल्ती !
अहिले करिना कपुर खानको दोस्रो सन्तानको नाम मुगल शासक जहाँगिरको नामका रुपमा अगाडि आएको छ र बलिउडप्रेमी भारतीयहरु फेरि एकपटक आश्चर्यचकित र क्रूद्ध भएका छन् ।

जेठो छोराको नाममा चर्को बहस, विवाद आदि भएपछि करिनाले अब अर्को छोराको नाम राख्दा त्यो गल्ती गर्दिनन् भन्ने धारणा धेरैमा थियो । करिना कपुरले आफैं आफ्नो पुस्तकमा छोराको फोटोमुनि जहाँगिर लेखेर प्रकाशित गरेपछि यो रहस्यबाट पर्दा मात्र उठेन यसले सामाजिक सन्जालमा फेरि एकपटक चर्चा पाएको छ ।

भारतीयहरुले यसमा प्रश्न उठाउने र करिनाको जमेर आलोचना गर्ने काम गरिरहेका छन् । करिना कपूर खानले अगस्त २०२० मा आफ्नो दोस्रो प्रेग्नेन्सीको घोषणा गरेकी थिइन् भने २१ फरवरी, २०२१ मा उनी दोस्रो सन्तानको आमा भइन् । चलचित्रको कुरा गर्नु पर्दा करिना ‘लाल सिंह चड्डा’ आमिर खानका साथ देखा पर्दै छिन् । यो चलचित्र २०२१ को क्रिसमसमा रिलिज हुँदै छ ।

प्रतिक्रिया