शुक्रबार, वैशाख २१, २०८१

हुवावेद्वारा टर्कसेल र चाइना मोबाइल झेजियाङसँग 800G लाईभ परीक्षण पूरा

नेपालखोज २०७८ साउन २६ गते २३:२८

हुवावेले लाइभ नेटवर्कमा दुई वटा ८००G को सार्थक परीक्षण पूरा गरेको घोषणा गरेको छ । एउटा चाहिँ टर्कसेल र अर्को भने चाइना मोबाइल झेजियाङ्ग संग छ । यो घोषणा हुवावेले फेब्रुअरी २०२० को अन्त्यतिर ८००G ट्युनेबल अप्टिकल मोड्युलको प्रक्षेपण पश्चात गरेको थियो । 

टर्कसेल परीक्षण इस्तानबुलमा रहेको दुई डाटा केन्द्रहरु (Data Centers) बीच ह्वावेको अल्ट्रा–हाई–स्पीड सर्भिस प्रोसेसिङ बोर्डहरुको प्रयोग गरी भएको थियो जसले २००G देखि ८००G को विभिन्न मोड्युलेसन ढाँचाको प्रोग्रामयोग्य र फराकिलो समायोजनको समर्थन गर्दछ । च्यानल–म्याच सेपिंग (CMS) टेक्नोलोजी, द लेटेस्ट फास्टर द्यान निक्युइस्ट (FTN) एल्गोरिथ्म प्रणाली र AI न्यूरन प्रकार्य मोड्युलको उपयोग गरेर प्रणालीले प्रत्यक्ष नेटवर्कमा जटिल लिंक वातावरणको रियल टाइममा निगरानी गर्न छिटो र स्वचालित रूपबाट सिक्न र नेटवर्क ट्रान्समिसन पर्फर्मान्स अप्त्टिमाइज गर्न सक्दछ । यसले ४८ Tbps को एकल–फाइबर क्षमता प्राप्त गर्दै अप्टिमल स्पेक्टरल दक्षता र ट्रान्समिसन पर्फर्मान्स सुनिश्चित गर्दछ । परीक्षणले लाईभ नेटवर्कको ४००G अल्ट्रा–लंग–हाउल प्रसारण क्षमतालाई पुष्टि गर्दछ जसले इस्तांबुलबाट अंकारासम्म १०४० किमी अपरिवर्तित ट्रान्समिसन गर्न सक्छ ।

टर्कसेलका सीटीओ, गेडिज सेजगिनले भन्नुभयो, “हामी हाम्रा विद्यमान टेक्नोलोजीलाई सुदृढ पार्न र हाम्रा नेटवर्कहरुलाई उत्कृष्ट 5G प्रयोगकर्ता अनुभवको लागि तयारीको लागि हाम्रो पूर्वाधारमा लगानी जारी राख्छौं । 5G युगमा भर्चुअल रियालिटी एप्लिकेसन, अटोनोमस ड्राइभिङ्ग र स्मार्ट सिटी डिजिटल क्षेत्रहरु मुख्य आधार हुनेछन् । “

ह्वावेका ट्रान्समिशन नेटवर्क डोमेनका अध्यक्ष सिमोन लुले भन्नुभयोः “हामी टर्कसेलसंग काम गर्न र लाइभ नेटवर्कमा ८००G WDM परीक्षण पूरा गर्न पाउँदा खुसी छौं जसले अल्ट्रा–हाई–स्पीड अप्टिकल ट्रान्समिशन क्षेत्रमा ह्वावेको नेतृत्वलाई प्रमाणित गर्दछ । ह्वावे हाई–स्पीड अप्टिकल प्रसारणमा आफ्नो रणनीतिक लगानी र इनोभेसनलाई कायम राख्ने छ र विश्वभरमा ग्राहकहरुको लागि उच्च गुणस्तरीय, भरपर्दो र विकसित सोलुसन प्रदान गर्नेछ । “

केहि दिन पहिले चाइना मोबाइल (झेजियाङ्ग) ले ह्वावेको ८००G ट्युन गर्न मिल्ने अल्ट्रा–हाई–स्पीड अप्टिकल मोड्युलको परीक्षण गरेको घोषणा गरिएको थियो जसले ब्यान्डविड्थ र वेभलेन्थ स्पेसिंग समायोजनको समर्थन गर्दछ र ४८ Tbps प्रति फाइबर क्षमताको बनाउँछ, जुन परम्परागत १००G नेटवर्कको क्षमता भन्दा छ गुणा छ र दस लाख समवर्ती ४००० प्रयोगकर्ताहरुलाई समर्थन गर्न सक्दछ । ८० किमीको दूरीमा दुई डाटा केन्द्रहरु यो परीक्षणमा प्रयोगमा आएका थिए जसले सफलतापूर्वक यो पुष्टि गर्दछ कि ८००G सोलुसनले अपेक्षा अनुसारको प्रदर्शन देखाएको छ, यसले आगामी व्यावसायिक रिलीजको संकेत गरेको पाइन्छ ।

अधिक जानकारीका लागि, ह्वावे अनलाईन हेर्नुहोस् www.huawei.com

प्रतिक्रिया