शनिबार, जेठ ४, २०८२

शून्य दशमलव ९४ अंकले नेप्से बढ्यो, १५ अर्ब ४५ करोड रुपैयाँको सेयर किनबेच

नेपालखोज २०७८ साउन २७ गते १५:४९

काठमाडौं । नेप्से झिनो अंकले बढेको छ । अघिल्लो दिन झन्डै ५२ अंकले बढेको नेप्से साताको चौथो कारोबार दिन आज बुधबार भने शून्य दशमलव ९४ अंकले बढेर तीन हजार एक सय ६२ दशमलव ४१ अंकमा पुगेको छ ।  

सेन्सिटिभ इन्डेक्स भने आज दुुई दशमलव ३८ अंकले घटेर पाँच सय ८५ दशमलव ७१ अंकमा झरेको छ । दुई सय ३० वटा कम्पनीहरुको एक लाख ३९ हजार दुई सय १८ पटकको कारोबारमा आज दुई करोड ७२ लाख ९८ हजार छ सय २४ कित्ता सेयर किनबेच हुँदा कुल सेयर कारोबार रकम १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार चार सय ५४ रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकोमा आज आठवटा समूहको सूचकहरु घटेका छन् भने पाँचवटा समूहहरुको सूचक बढेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक १४ दशमलव १७ अंकले घटेर दुई हजार एक सय १५ दशमलव ९५ अंकमा झरेकोमा विकास बैंक, फाइनान्स, ट्रेडिङ, उत्पादनमुलक, अन्य, सामूहिक लगानी कोष र लगानी समूहरुको सूचक पनि घटेका छन् ।

जलविद्युुत समूहको सूचक भने आज एक सय ४४ दशमलव ७९ अंकले बढेर तीन हजार आठ सय ३७ दशमलव १५ अंकमा चढेकोमा निर्जीवन बिमा समूहको सूचक पनि ४३ दशमलव आठ अंकले बढेर १४ हजार छ सय ७४ दशमलव ६९ अंकमा चढेको छ ।

होटेल तथा पर्यटन, जीवन बिमा र लघुवित्त समूहको सूचक बढेका छन् । आज रुरु जलविद्युुत कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर १२ सय १० रुपैयाँमा कारोबार हुँदा जानकी फाइनान्सको प्रतिकित्ता सेयर मूल्य तीन दशमलव ७४ प्रतिशतले घटेर छ सय ७० रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी आज अपर तामाकोसी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता नौ सय दुुई रुपैयाँ ५० पैसामा ६८ करोड सात लाख ३६ हजार पाँच सय ६९ रुपैयाँ १० पैसामा कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया