चाैबीस घण्टामा ३ हजार ४८१ संक्रमित थपिए, ३० जनाको मृत्यु
नेपालखोज
२०७८ साउन २७ गते १६:४८

काठमाडौं । पछिल्लो चाैबीस घण्टामा देशभर काेराेना भाइरस (काेभिड-१९) का तीन हजार ४८१ जना संक्रमित थपिएका छन् । साेही अवधीमा एक हजार ८८५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।
१६ हजार ६५६ जनामा परीक्षण गर्दा तीन हजार ४८१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो चाैबीस घण्टामा देशभर कोरोनाका कारण ३० जनाको मृत्यु पुष्टि भएको छ ।
सम्बन्धित

प्रतिक्रिया