शनिबार, जेठ ५, २०८१

लुम्बिनीकाे मुख्यमन्त्रीमा विपक्षी गठबन्धनले दाबी पेस गर्दै

नेपालखोज २०७८ साउन २८ गते ९:२५

काठमाडाैं । लुम्बिनी प्रदेश सरकारमा आज विपक्षी गठबन्धनले दाबी पेस गर्दै छ । हिजाे मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले दलहरुलाई आज दिउँसो ३ बजेसम्म समय दिएर सरकारमा दाबी पेस गर्न भनेका थिए ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले नयाँ सरकार गठनका लागि आज दाबी पेस गर्दैछन् ।

कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनले आज सरकारको नेतृत्वमा दाबी पेस गर्न लागेको हो । विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम)लाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सारेको छ ।

कांग्रेस र माओवादीबीच आठ-आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ । सोही सहमति अनुसार सुरुको आठ महिनाका लागि माओवादी नेता केसीलाई अघि सारिएको हो ।

प्रतिक्रिया