शनिबार, असार १४, २०८२

पाकिस्तानमा एक सातामै ठड्याइयो कट्टरपन्थीले भत्काएको मन्दिर

नेपालखोज २०७८ साउन २८ गते १७:३४

इस्लामाबाद । पाकिस्तान सरकारले आफ्नो देशका हिन्दु अल्पसंख्यकको सम्मान र सुरक्षाको प्रत्याभूति स्वरूप कट्टरपन्थीहरुले भत्काएको मन्दिर एक सातामै मर्मत- सम्भार गरी सम्बन्धित समुदायलाई हस्तान्तरण गरेको छ ।

उक्त मन्दिर मुस्लिम चरमपन्थीहरुले ४ अगस्तका दिन तोडफोड गरी आगो लगाएका थिए । एक साताभित्र उक्त मन्दिर मर्मत गरेर नयाँ जस्तै मात्र बनाइएको छैन त्यहाँ भगवान् गणेशको चम्चमाउँदो नयाँ मूर्तिसमेत स्थापित गरिएको छ ।

एउटा मदरसामा पिसाब गरेको आरोपमा ८ वर्षको हिन्दु बालक गिरफ्तार भएपछि उक्त मन्दिरमाथि आक्रमण भएको थियो । ती बालक अदालतबाट जमानतमा रिहा गरिएपछि उग्र भएको स्थानीयको भिडले मन्दिरका अतिरिक्त हिन्दुहरुको घर तथा पसलहरु तोडफोड गरेको थियो । पाकिस्तानको सर्वोच्च अदालतले यसमा कडा रुप अपनाएपछि ५० जना उपद्राहा पक्राउ परेका थिए ।

हिन्दु धर्मावलम्बी पाकिस्तानको सबैभन्दा ठूलो अल्पसंख्यक समुदाय हुन् । पाकिस्तानमा उनीहरुको सुरक्षालाई लिएर लगातार प्रश्न उठ्दै आएको छ । यस्तो परिस्थितिमा एकपटक पुन: हिन्दु मन्दिर तथा समुदायमाथि हमला गरिएपछि प्रधानमन्त्री इमरान खानको सरकार दबाबमा आएको थियो । त्यसैको परिणाम स्वरूप एक साताभित्र मन्दिर मर्मत गरी हिन्दु समुदायलाई बुझाइएको हो ।

Attack On Ganesh Temple In Pakistan, India Objects

यसबीच बलुचिस्तान अवामी पार्टी (बीएपी) का नेता सिनेटर दानेश कुमारले भोंग इलाकामा हिन्दु मन्दिरमाथि भएको आक्रमणको निन्दा गर्दै यो घटना पाकिस्तानमा भएका अल्पसंख्यक हिन्दुविरुद्धको षड्यन्त्र भएको बताएका छन् ।

पाकिस्तानमा हिन्दु युवती तथा किशोरीहरुको अपहरण गरी जबरजस्ती विवाह र धर्म परिवर्तन गर्ने घट्ना पनि बढ्दै गएको भन्दै त्यहाँको अल्पसंख्यक आयोगले समेत चिन्ता व्यक्त गर्दै आएको छ ।

Trending news: Fanatics demolished another temple in Pakistan, shared the  video on Facebook Live - Hindustan News Hub

प्रतिक्रिया