शनिबार, जेठ ४, २०८२

सुनको मूल्य सामान्य बढ्यो, आजको भाउ कति ?

नेपालखोज २०७८ साउन २९ गते ११:०२

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला तीन सय रुपैयाँले बढेर ८९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन तोलाको ८९ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ८९ हजार २५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी चाँदीको मूल्य आज घटेको छ । चाँदी आज तोलाको १ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी १ हजार १९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया