मंगलबार, वैशाख २५, २०८१

हिमालयन बैंकको खुद मुनाफा २ अर्ब ९९ करोड रुपैयाँ

नेपालखोज २०७८ साउन २९ गते १२:५३

काठमाडौं । हिमालयन बैंकले आर्थिक वर्ष २०७७/०७८ मा मा दुई अर्ब ९९ करोड ८० लाख आठ सय ७५ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा दुई अर्ब ५८ करोड ६७ लाख २२ हजार सात सय १० रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी १० अर्ब ६८ करोड ४४ लाख आठ सय २८ रुपैयाँ रहेको बैंकले आव २०७७/०७८ मा एक खर्ब ४१ अर्ब दुई करोड १० लाख ७४ हजार आठ सय ६० रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २६ अर्ब दुई करोड ९७ लाख ८१ हजार आठ सय ६२ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा तीन अर्ब ७८ करोड ८२ लाख छ हजार ६३ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

सो अवधिमा तीन दशमलव ३२ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा दुई अर्ब १६ करोड ९८ लाख ८४ हजार चार सय २१ रुपैयाँ रहेको छ ।

अघिल्लो आवमा भने बैंकले एक खर्ब २५ अर्ब २६ करोड ४३ लाख ८१ हजार छ सय ९० रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब एक अर्ब ७२ करोड ८४ लाख ६७ हजार एक सय ६४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा चार अर्ब ८२ करोड १७ लाख तीन हजार पाँच सय ६० रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव एक प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ७७ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया