छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

पर्साको वीरगंज महानगरपालिका–२२ जगरनाथपुरस्थित सडकमा एनएल ०१ डी ७८८८ नम्बरको ट्रकमा ना.७ त २७२४ नम्बरको ट्याक्टर ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही महानगरपालिका–२८ बगही टोल बस्ने १८ वर्षीय राजाबाबु महतोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई हाल फरार ट्याक्टर चालकको खोजी गरिरहेको छ ।
धनुषाको मिथिला बिहारी नगरपालिका–८ कचुरीस्थित सडकमा बा.३१ प ८३०२ नम्बरको मोटरसाइकल बुधबार बेलुकी दुर्घटना हुँदा चालक सोही नगरपालिका–५ उत्तमपुर बस्ने ४० वर्षीय बिरेन्द्र राउतको मृत्यु भएको छ । उक्त स्थानमा साइकलसँग ठक्कर खाई दुर्घटनामा हुँदा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार साइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२४ हरपुर पुलस्थित सडकमा ना.३ त ८४१९ नम्बरको ट्याक्टरले ना.६५ प ५५०५ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–१६ मझौलिया बस्ने ३१ वर्षीय बियज कुमार महतोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा हस्पिटल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
संखुवासभाको चैनपुर नगरपालिका–३ घुमाउने चौतारास्थित सडकमा प्रदेश १–०२–०४९ प ३३३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका–२ बस्ने २१ वर्षीय रूपेश मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल धनकुटामा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि घोपा अस्पताल धरानतर्फ पठाइएको छ ।
कैलालीको बर्दगोरिया गाउँपालिका–२ सम्झना चोकस्थित सडकमा सु.प.प्र.०१००९ प ९०७६ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिई बुधबार राति दुर्घटना हुँदा साइकलमा सवार लम्कीचुहा नगरपालिका–१० चुहा बस्ने १६ वर्षीय दिनेश तिमिल्सिनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंज बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको नर्सिङ होम नेपालगंज बाँकेमा तथा मोटरसाइकलमा सवार १ जना र साइकल चालकको बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको छ ।
झापाको कन्काई नगरपालिका–१ बिमल चौतारास्थित सडकमा दुर्गापुरबाट खुदुनाबारीतर्फ जाँदै गरेको मे.१० प २६२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार बिर्तामोड नगरपालिका–५ बस्ने २४ वर्षीय सुमित साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाकसम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
करेन्ट लागेर मृत्यु
रूपन्देहीको मर्चवारी गाउँपालिका–३ मधुबनिया बस्ने ४६ वर्षीय बिनोद यादवको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित तरकारी बारीमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
धनुषाको शहीदनगर नगरपालिका–२ चोराकोयलपुर बस्ने ३८ वर्षीय मनोज चोरवारको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित खेतमा विद्युतीय मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको गोदावरी अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया