बुधबार, वैशाख २६, २०८१

महामारीमै पनि नेपाल बैंकको ३ अर्ब ६ करोड ५४ लाखको खुद मुनाफा

नेपालखोज २०७८ साउन २९ गते १३:४७

काठमाडौं । नेपाल बैंकको खुद मुनाफामा उच्च वृद्धि भएको छ । बैंकले कोभिड १९ को विश्वमहामारीको अवधि अर्थात आर्थिक वर्ष २०७७/०७८ मा तीन अर्ब छ करोड ५४ लाख ५७ हजार सात सय एक रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा दुई अर्ब ३३ करोड २८ लाख ८५ हजार पाँच सय ४१ रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी १२ अर्ब ६३ करोड ६७ लाख ८५ हजार छ सय रुपैयाँ रहेको बैंकले आव २०७७/०७८ मा एक खर्ब ६२ अर्ब ७४ करोड ३२ लाख २९ हजार १२ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३४ अर्ब ५३ करोड ६१ लाख ४२ हजार सात सय ६३ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा छ अर्ब ४६ करोड छ लाख ३६ हजार एक सय १० रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दशमलव १० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

यस अवधिमा चार दशमलव ३४ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने तीन अर्ब ४९ करोड ७० लाख २० हजार तीन सय ८६ रुपैयाँ रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने बैंकले एक खर्ब ४१ अर्ब ५३ करोड तीन लाख ८० हजार पाँच सय ६९ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब तीन अर्ब ३० करोड ३७ लाख ५२ हजार चार सय ५८ रुपैयाँ कर्र्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा पाँच अर्ब ६१ करोड ८८ लाख १९ हजार ४१ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुुई दसमलव ४७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ७० प्रतिशत रहेको थियो ।

प्रतिक्रिया