आइतबार, वैशाख ३०, २०८१

फोटोन मोटर्सको अत्याधुनिक नयाँ वर्कसप सीतापाइलामा

नेपालखोज २०७८ भदौ १३ गते १४:१८

काठमाडौं । नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले काठमाडौं स्थित सीतापाइलामा वर्कशप सञ्चालनमा ल्याएको छ ।

ग्राहकलाइ छिटो, सजिलो र सुविधाजनक होस् भनेर वर्कसप खोलेको फोटोन मोटर्सका सर्भिस हेड विदेसमान सिंह डंगोलले बताए । उनले भने, फोटोनको वर्कसपमा यात्रुको प्रतिक्षाको लागि आरामदायी प्रतिक्षालयको साथै मनोरंजनको पनि व्यबस्था रहेको छ ।

उसो त ग्राहकले गाडी दिएको एक घण्टा भित्र सर्भिस पाइसक्ने उनको दाबी छ । १० सर्भिस वे भएको यो वर्कसप २१,००० वर्ग फिटमा फैलिएको कम्पनीले जानकारी दिएको छ । साथै, ९००० वर्ग फिटको पार्ट्स काउन्टर र २७०० वर्ग फिटको पार्ट्स गोदामसमेत निर्माण गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया