शनिबार, जेठ ५, २०८१

अब सानिमा बैंकको मोबाइल बैंकिङबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने

नेपालखोज २०७८ फागुन ३० गते १:००

काठमाडौं । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले सानिमा बैंक लिमिटेडसँग सम्झौता गरेको छ । जसअन्तर्गत सानिमा बैंकका ग्राहकहरुलाई सानिमा सजिलो ई–बैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई–बैंकिङ एपमार्फत चेक आउट गर्न सक्ने बैंकले जनाएको छ ।

यो साझेदारीसँगै सानिमा बैंकका ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट सिधै बैंकको सानिमा सजिलो ई–बैंकिङ एप खोलेर खल्तीमा पैसा राख्न सक्नेछन् । उक्त सम्झौताको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने( “हाम्रा ग्राहकहरूलाई सजिलो फण्ड मोबिलिटीमा जोड्न यो हाम्रो लागि अवसर हो । यो पार्टनरसिपले समस्त बैंक तथा वालेटको ग्राहकवर्गमा सरल र सहज भुक्तानीको सेवा दिई डिजिटल नेपालको यात्रामा सहयोग पुरÞ्याउनेछ भन्ने आशा लिएका छौं ।”

‘खल्ती’ नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ, बिमा प्रिमियम तथा अनलाईन सपिङ साईटमा भुक्तानी गरि ६० हजार प्लस सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ ।

प्रतिक्रिया