आइतबार, वैशाख १६, २०८१

छोराको नाममा करिनाले दिइन् यस्तो स्पष्टीकरण !

नेपालखोज २०७८ साउन २९ गते १६:२८

मुम्बई । बलिउड अभिनेत्री करिना कपुर दोस्रोपटक आमा बनेपछि आफ्नो कान्छो छोरालाई लिएर निकै प्रोटेक्टिभ देखिएकी छन् ।

करिनाको यो सानो छोराको अनुहार अहिलेसम्म सार्वजनिक भएको छैन । यस मामिलामा मुम्बईका पापाराजीहरुसमेत फेल खाएका छन् । करिना आफैंले सार्वजनिक गरेका केही तस्बिरमा नवजात शिशुको अनुहार छोपिएको पाइन्छ । फोटो नभए पनि हालै करिना-सैफको सानो छोराको नाम सार्वजनिक भयो- जँहागिर अली खानका रुपमा । तर भारतमा यही नामले तहल्का मच्चायो- भारतमा आक्रमण गर्ने क्रूर तानाशाहको नाम राखेको भनेर ।

सामाजिक सन्जालामा चलिरहेको होहल्ला-हंगामाप्रति सैफ-करिना केही दिन त मौन रहे । तर आखिरमा करिना आफ्नो मौनता तोड्न बाध्य भइन् र उनले यसमा सार्वजनिक मन्तव्य दिन करै लाग्यो ।

इन्डिया टुडेसँग यस विषयमा आफ्नो मौनता तोड्दै करिनाले भनेकी छन्, ‘म एउटा पोजेटिभ व्यक्ति हुँ, म खुसी र सकारात्मकता फैलाउन चाहन्छु । मेरो जीवनमा नेगेटिभिटीलाई कुनै स्थान छैन । हेर्नुहोस् त कोभिडको महामारीले के गर्‍यो ? यसले सारा संसारलाई, मानव जातिलाई अझ नजिक ल्यायो, एक-अर्काको सुख-दु:ख बुझ्ने बनायो । हामीले यो कुरा पनि सोच्नु-बुझ्नुपर्छ । रह्यो कुरा मेरो छोराको नाममा सोसियल मिडियामा भएको ट्रोलको, मैले यी ट्रोलर्ससँग डिल गर्न मेडिटेसन नै सुरु गर्नुपर्छ । सोच्नुहोस् त, हामी यहाँ दुई अबोध शिशुका बारेमा कुरा गर्दैछौं ।’

यसअघि करिनाको पहिलो छोराको नाम तैमूर अली खान राखिँदा पनि यस्तै हो-हल्ला भएको थियो । इतिहासमा मुसलमान आक्रमक तैमुरलाई निरंकुश शासक मानिन्छ । यस्तोमा भारतीयहरुको टिप्पणी छ- करिना आखिर किन छानी-छानी आफ्ना सन्तानको नाम मुसलमान आक्रमणकारीको नाममा राखिरहेकी छन् ? यो अरुभन्दा अलग भिन्न नाम राख्ने चक्करमा मात्र हो कि नामको कुनै अर्थ पनि हुन्छ ? होइन भने छोराहरुको नाम क्रूर तानाशाहहरुको नाममा किन राख्नु ?

No description available.
No description available.

प्रतिक्रिया