आइतबार, जेठ ६, २०८१

पेसागत राष्ट्रिय कलाकर्मी सम्मान २०७८ बाट निर्देशक धिताल सम्मानित

नेपालखोज २०७८ फागुन ७ गते २१:००

काठमाडाैं । प्रजातन्त्र दिवसको अवसर पारी एक्टिभ ईन्टरटेनमेन्ट प्रा. लि द्वारा आयोजना गरिएको पेशागत राष्ट्रिय कलाकर्मी सम्मान समारोह २०७८ बाट निर्देशक प्रकाश धिताल सम्मानीत भएका छन् ।

लामो समय देखि नेपालि गीत अनि म्यूजिक भिडियो क्षेत्रमा क्रियासिल रहेर कला, संस्कृतिको संरक्षण, संवर्धन एवम् पर्यटन क्षेत्रको उन्नति र श्रीबृद्धिको लागि निर्देशक धितालले दिइएको अतुलनिय योगदानको उच्च कदरको अमूल्य मूल्यांकन गर्दै उनलाई सर्वोउत्कृष्ट म्यूजिक भिडियो निर्देशकबाट सम्मनित गरीएको हो ।

कला संस्कृति राष्ट्रको गौरव अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन भन्ने मूल मन्त्रका साथमा कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक विजेन्द्र नौबागेले बताएका थिए ।

कार्यक्रममा उपस्थित सम्पूर्ण सम्मानीत ब्यक्ति हरुलाई पूर्व उप( प्रधान मन्त्री,पूर्व उपसभापति,वरिष्ठ नेता तथा कार्यक्रमका प्रमुख अतिथि गोपाल मान श्रेष्ठले सम्मनित गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्र बाट संलग्न समाजसेवी,कलाकार,व्यापारी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया