चाैबीस घण्टामा ३ हजार ९१५ संक्रमित थपिए, २७ जनाको मृत्यु

नेपालखोज २०७८ साउन २९ गते १६:५८

काठमाडौं । पछिल्लो चाैबीस घण्टामा देशभर ३ हजार ९१५ जना कोभिड संक्रमित थपिएका छन् । साेही अवधीमा २ हजार ११८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरका विभिन्न प्रयाेगशालामा १८ हजार ५८२ जनामा गरिएकाे परीक्षण गर्दा ३ हजार ९१५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो चाैबीस घण्टामा २७ जनाको मृत्यु पुष्टि भएको छ ।

प्रतिक्रिया