आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

नेपालखोज २०७८ साउन २९ गते १७:२४

काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेकाे छ । आज (शुक्रबार) गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

मुद्रास्फीति दर ६. ५० प्रतिशतमा सीमित राख्ने लक्ष्य

आर्थिक वर्ष २०७८/०७९ मा मुद्रास्फीति दर ६. ५० प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । गत वर्ष ७ प्रतिशत लक्ष्य राखिएको थियो ।

त्यस्तै ७ महिना आयात वस्तु धान्न सक्नेगरी विदेशी विनिमय सञ्चिति गरिने मौद्रिक नीतिमा उल्लेख गरिएको छ । गभर्नर अधिकारीले मुद्रास्फीति नियन्त्रित अवस्थामा रहे पनि मूल्यमा केही चाप पर्ने अवस्था रहेको बताए छन् ।  

शोधनान्तर स्थितिमा दबाब

त्यस्तै वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेकाले विप्रेषणमा जोखिम कायमै रहेको र त्यसले शोधनान्तर स्थितिमा दबाब पर्नसक्ने उल्लेख गिरएकाे छ ।

पुससम्म ऋण तिर्न सकिने  

त्यस्तै मौद्रिक नीतिमा कोरोना महामारीका कारण असर परेका ऋणीहरूलाई २०७८ असारसम्म ऋण तिर्नुपर्ने बाध्यतालाई हटाउँदै पुससम्म तिर्न सकिने व्यवस्था गरेको छ । 

गभर्नर महाप्रसाद अधिकारीले निषेधाज्ञा समयसम्म २०७८ असारसम्म ईएमआई, इक्युआई लगातार अन्य सावा ब्याज भुक्तानी गर्न नसकेका ग्राहकवर्गको वित्तीय अवस्था बैंकले स्वयम मूल्याकंन गरी २०७८ पुस मसान्तसम्म भुक्तानी म्याद थप्न सकिने व्यवस्था गरिने बताएका हुन् ।

यस्तै, कोभिड-१९ ले पारेको प्रभाव समेतलाई मध्यनजर गरी बैंक तथा वित्तीय संस्थाले पारेको प्रभावलाई समेत मध्यनजर गरी बैंक तथा वित्तीय संस्थाले प्रदान गरेका फर्म, ऋणी वा संस्था लगातार दुई वर्षसम्म खुद नोक्सानीमा रहे सुक्ष्म निगरानीमा वर्गमा वर्गीकरण गर्नुपर्ने विद्यमान व्यवस्थालाई परिवर्तन गरी लगातार तीन वर्षसम्म नोक्सानीमा रहेमा मात्रै सुक्ष्म निगरानीमा राखिने व्यवस्था गरिएको छ ।

नीतिमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको होटेल, पर्यटन तथा हवाई क्षेत्रलाई विशेष चासोका साथ सम्बोधन गरिएको छ । कोरोनाका कारण नगद प्रवाहमा समस्या भएका क्षेत्रलाई समेत मौद्रिक नीतिले विशेष चासो दिएको छ ।

यस्तै, कोरोनाले समस्यामा पारेको सार्वजनिक यातायातको मर्मतसम्भारका लागि थप दुई लाख रूपैयाँसम्मको ऋण दिने व्यवस्था गरिएको छ ।

कोरोना महामारीका कारण प्रभावित बनेको समग्र अर्थतन्त्रलाई केन्द्रमा राखेको राहत प्रदान गर्ने गरी मौद्रिक नीति ल्याइएको गभर्न अधिकारीले जानकारी दिए ।

अन्तरबैंक ब्याजदरलाई ५ प्रतिशत
मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले उपयोग गर्ने अन्तरबैंक ब्याजदरलाई ५ प्रतिशतमा यथावत् राखिएको छ ।

माथिल्लो करिडोरमा रहेको स्थायित्वलाई ५ प्रतिशतमा रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको हो । गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै तल्लो करिडोरलाई १ प्रतिशतबाट वृद्धि गरी २ प्रतिशत कायम गरिएको जानकारी दिए ।

एउटै बैंकले २ अर्बसम्म कर्जा दिन मिल्ने
बैंक तथा वित्तीय संस्थाहरुले अब २ अर्बसम्म ऋण प्रवाह गर्न सक्ने भएका छन् । हालसम्म एक अर्ब भन्दा ठूला कर्जाहरुका लागि सह वित्तीयकरण गर्नुपर्ने व्यवस्था थियो । 

पूर्णपाठ

https://drive.google.com/file/d/1dLxo5Kk9LZhev6NdKRp75TZIeWMWV6uF/view

प्रतिक्रिया