माओवादी केन्द्रीय कमिटी बैठक आजदेखि, सरकारलाई अधिकतम सफल बनाउने तयारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) केन्द्रीय कमिटी बैठक आज (शनिबार) देखि सुरु हुने भएको छ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी संगठनको अवस्थाबारे छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ ।
साथै बैठकले वर्तमान गठबन्धन सरकारलाई सफल बनाउन आफ्नातर्फबाट गरिने अधिकतम प्रयासबारे पनि छलफल गर्नेछ ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार शनिबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन एवं सांगठनिक प्रतिवेदन पेस गर्ने निर्णय भएको छ ।
हिजो शुक्रबार बसेको माओवादी स्थायी कमिटी बैठकमा वाम लोकतान्त्रिक सरकारलाई सफल बनाउने, संविधानको रक्षा र कार्यान्वयन, राष्ट्रियताको रक्षा एवं संवर्द्धनका विषयमा छलफल भएको थियो । हिजोको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई सफल बनाउने गरी परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशनका थिए ।

प्रतिक्रिया