‘पार्टीको विधानमा नै युवा पुस्तालाई समावेशी बनाउन पहल गर्छु’

काठमाडाैं । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले पार्टीको विधानमा नै युवा पुस्तालाई समावेशी बनाउन आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नेकपा एमालेको विधान महाधिवेशन आगामी भदौं २७ र २८ गते काठमाडौंमा हुँदैैछ । महासचिव पोखरेलले पार्टीमा नेतृत्वको रिक्तता हुने अवस्था आउन नदिन पनि आफूले पार्टीको विधान महाधिवेशनमा युवा पुस्तालाई समावेशी बनाउन पहल गर्ने बताए ।
शनिबार सुनिता बरालद्वारा लिखित पुस्तक ‘समृद्धिप्रतिको संकल्प’ नामक पुस्तकको विमोचन गर्दै उनले पार्टी भित्र नेतृत्वको रिक्तता हुन नदिन पनि युवा/तन्नेरी पुस्तालाई विधानमै समावेशी बनाएर लैजानुपर्ने आवश्यक्ता भएको पनि स्पष्ट पारे ।
महासचिव पोखरेलले युवा पुस्तालाई पार्टी भित्र समावेशी गराउन विधानमा नै व्यवस्था गर्न युवा, विद्यार्थीहरुलाई दवाव दिन पनि सुरु गर्न निर्देशनसमेत दिए ।
उनले पार्टीका युवा, विद्यार्थीहरुलाई निन्द्रा नै नलाग्ने खालको सपना देख्न र उत्पादनको काममा सहभागी भई मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित हुन पनि आग्रह गरे ।

प्रतिक्रिया