उपत्यकाका केही स्थानमा झरी, कुन-कुन क्षेत्रमा भइरहेको छ वर्षा ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू-भागनजिक रहेको जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको प्रदेश १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामन्य बदली रहेको छ । काठमाडौं उपत्यकाका केही स्थानमा गएरातिदेखि नै हल्का झरी परिरहेको छ ।
यस्तै प्रदेश १, २, वाग्मती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशमा केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज शनिबार दिउँसो देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, वागम्ती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाबाट जारी बुलेटिनमा उल्लेख छ ।
आज राति देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
यस्तै भोलि (सोमबार) दिउँसो देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । सोमबार राति भने देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशका धरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेश थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
यस्तै पर्सि (मंगलबार) दिउँसो देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
यसैगरी मंगलबार राति देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
यस्तै जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको छ । यसकारण नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया