माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी

नेपालखोज २०७८ साउन ३१ गते १३:४३

काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक जारी छ । जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो (शनिबार) पेस गरेको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि छलफल भईरहेको छ ।

बैठकमा अध्यक्ष दाहालको दुई प्रतिवेदनमाथि समूहगतरुपमा छलफल गर्दै टोली नेताले आफ्नो सुझाव राख्ने कार्यसूची छ । अध्यक्ष दाहालको प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय सदस्यहरुलाई विभिन्न आठ समूहमा विभाजन गरिएको छ ।

समूहमा आबद्ध टोली नेताले प्रतिवेदनमाथि धारणा राख्नेछन् ।यसअघि बसेको पार्टीको स्थायी समितिको बैठकमा केन्द्रीय समितिमा प्रस्तुत भएको राजनीतिक प्रतिवेदन र विधानका बारेमा छलफल भएको माआवादी केन्द्र सचिवालयले जनाएको छ ।

प्रतिक्रिया