न्यायका लागि मानवअधिकारको अपिल- अफगानिस्तान रहेका नेपालीको उद्धार होस्

काठमाडौं । अफगानिस्तानमा सशक्त हिंसात्मक अतिवादी तालिवानी समूहले लोकतान्त्रिक सरकारलाई अपदस्त गरी सत्ता हातमा लिएको घटनाप्रति न्यायका लागि मानवअधिकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । न्यायका लागि मानवअधिकारले एक विज्ञप्ति जारी गर्दै अफगानिस्तानका विभिन्न स्थानमा कार्यरत नेपालीहरुको जीवन जोखिममा परेको भन्दै संस्थाका संयोजक इन्द्रप्रसाद अर्यालले विज्ञप्तिमार्फत ध्यानाकर्षण भएको जनाएका हुन् ।
‘नेपाल सरकारले जोखिममा रहेका नेपालीहरुको तत्काल उद्धार गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानको लोकतन्त्र, मानवअधिकारको रक्षाका लागि विश्व जनमत तयार गरी तत्काल पहल कदमी गर्नुपर्ने आजको पहिलो आवश्यकता हो,’ न्यायका लागि मानवअधिकारद्वारा जारी विज्ञप्तिमा छ ।
संस्थाले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार गरी ल्याउन आग्रहसमेत गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारलाई अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गर्न सन्जाल हार्दिक अपिल गर्दछ ।’


प्रतिक्रिया