अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धार गर्न सभामुखको निर्देशन

नेपालखोज २०७८ साउन ३२ गते १४:१०

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा विकसित घटनाक्रमका विषयमा प्रतिनिधि सभा र आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । 

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा रहेका नेपालीहरुको सम्बन्धमा प्रतिनिधिसभा र आफ्नो ध्यानाकर्षण भएको बताएका हुन् ।

उनले नेपाली नागरिकको सुरक्षित रहने व्यवस्था गर्न, सकुसल उद्धार गर्न र उनीहरुकोबारेमा यथार्थ जानकारी गराउन सरकारलाई निर्देशन पनि दिएका छन् ।

उनले भने, ‘त्यहाँ रहेका नेपालीहरु सुरक्षित रहने वातावरण बनाउन र यथाशीघ्र ल्याउने व्यवस्था गर्न र यसबारे आगामी बैठकमा जानकारी गराउन निर्देश गर्दछु ।’

प्रतिक्रिया