प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस

नेपालखोज २०७८ साउन ३२ गते १५:१२

काठमाडौं । सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मध्यराति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको जनाइएकाे छ ।

राष्ट्रपति कार्यालयले अधिवेशन अन्त्य गर्न पत्र आइपुगेको पुष्टि गर्दै त्यसको प्रक्रिया भइरहेको जनाएको छ । आजै राति १२ बजेदेखि संसदको अधिवेशन अन्त्य हुने भएको छ ।

प्रतिक्रिया