‘संसद् अन्त्य गरेर एमाले फुटाउन अध्यादेश ल्याउने सरकारको तयारी’

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता महेश बस्नेतले वर्तमान सरकारले संसद् अन्त्य गरेर नेकपा एमाले फुटाउनका लागि अध्यादेश ल्याउने तयारी थालेको बताएका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै नेता बस्नेतले सरकारले संसद अन्त्य गरेर नेकपा एमाले फुटाउने अध्यादेश ल्याउन थालेकाे बताएका हुन् ।
उनले यो सरकारलाई मापसे सरकार भन्दा उचित हुने बताए । यो सरकारलाई परमादेशबाट आएको सरकार भन्दा सत्तापक्षले टाउको दुखाएको भन्दै यसलाई मापसे-माधव नेपाल, प्रचण्ड र शेरबहादुर देउवा) सरकार भन्दा उचित हुने बताए ।
नेता बस्नेतले अदालतले मन्त्रिपरिषद्ले गरेको निर्णय अल्ट्राभाइरसको रुपमा उल्टाइदिन सक्ने भन्दै शक्तिशाली न्यायालय भित्रका विकृति र विसंगति, भ्रष्टाचार, घुसखोरी, दलालीको छानबिन गर्नुपर्ने बताए ।
उनले सर्वोच्चको अख्तियार न्यायपरिषद् नै चुप लागेर बसेको बताए । उनले न्यायपरिषद्सँग सम्बन्धित ऐनलाई आवश्यक परे छलफल गरेर संशाेधन गर्न माग गरे ।
उनले प्रधानन्यायाधीश र मुख्य न्यायाधीशहरुले स्वविवेकले पेसी तोक्ने गरेको बताए । उनले केपी ओली सरकारले उपचार खर्च दिएको भनेर कराइरहेकाहरुलाई सुशील कोईराला, सुजाता कोइराला, रामवरण यादव, गोविन्दराज जोशीदेखि सबैको उपचार खर्चको बारेमा छानबिन गर्न माग गए ।
वीर अस्पतालको इक्विपमेन्ट खरिद प्रकरणदेखि लिएर धरानको भिसी प्रकरणदेखिका विषय छानबिन गर्न समेत उनले माग गरे । उनले ४७ जना कांग्रेसका जिल्ला सभापतिहरु जम्मा भएर अध्यक्ष हुँदा विधान मिचेकाे र प्रधानमन्त्री हुँदा संविधान मिचेकाले असक्षम मान्छेलाई नेतृत्व दिनु नहुने भन्दै कराइरहेको उल्लेख गए ।

प्रतिक्रिया