मंगलबार, वैशाख १६, २०८२

धुम मच्चाउँदै राजेशपायल राईको ‘हौवा हौ दर्शन नमस्ते’ (भिडियोसहित)

नेपालखोज २०७८ भदौ २ गते ६:३०

काठमाडौं । नेपाली चर्चित गायक राजेशपायल राईको ‘हौवा हौ दर्शन नमस्ते’ बोलको गीत लोकप्रिय बन्दै गएको छ । विक्रम राईको संगीत र विकाससंगम राईको शब्द रहेको गीतमा राजेशपायलले आवाज दिएका हुन् ।

आफूले माया गरेकी मायालुको चर्चा र प्रेम भाव व्यक्त गरिएको गीत अहिले युवा पुस्तामाझ लोकप्रिय बन्दै गएको हो ।

नेपाली संगीत क्षेत्रमा थुप्रै लोकप्रिय गीत पस्कन सफल गायक राजेशपायलको यो गीत १५ अगस्तमा यु-ट्युबमा अपलोड गरिएको हो । ३ दिनमै झन्डै डेढ लाख बढी भ्युज बटुल्न सफल गीत उत्तिकै कर्णप्रिय पनि छ ।

लिरिकल भिडियोलाई निकै मन पराइएको यस गीतले छोटो समयमै दर्शकको मन-मुटुमा बस्न सफल भएको छ । कतारलगायतको देशमा भिडियो युटुबको ट्रेन्डिङमा समेत रहेको छ ।

चर्चित गायक राजेशपायल राईको ‘हौवा हौ दर्शन नमस्ते’ को भिडियो :

प्रतिक्रिया