शनिबार, जेठ ५, २०८१

एउटा सपनाको अवसान

नेपालखोज २०७९ फागुन १८ गते ७:१४

काठमाडौं । रंगकर्मी अनुप बराल पुन एकपटक एउटा नाटक मार्फत दर्शक माझ पुग्दै छन । यसपटकको नाटकमा उनी निर्देशकको भुमिकनमा प्रस्तुत हुँदैछन ।

बरालको यो नाटक विश्वप्रसिद्ध नाटक ‘डेथ अफ अ सेल्सम्यान’को नेपाली रुपान्तरण हो जसको नेपाली शिर्षक ‘ एउटा सपनाको अवसान ’ राखिएको छ । यो नाटक चैत १० गतेदेखि मण्डला थिएटरमा एक महिना सम्म मञ्चन हुनेछ ।

आर्थर मिलरद्वारा लिखित यो वियोगान्त नाटकमा चलचित्र समेत निर्माण भैसकेको छ । यो कृतिमा सन् १९४० को दशकको समय चित्रण गरिएको छ जसलाई कतिपय समालोचकले २० औं शताब्दीको एउटा महान् नाटक बताएका छन् ।

यो नाटकको नेपाली रुपान्तरमा दीया मास्के , शेखर चापागाईं , मेनुका प्रधान , विकास जोशी, रोयदीप श्रेष्ठ तथा दिव्यदेवले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन् । यो नाटक बर्तमान नेपाली समाज र समयमा पनि उत्तिकै सान्दर्भिक भएको बताईन्छ भने यो नाटक संसारका विभिन्न देशमा विभिन्न प्रकार्ले मञ्चन गरिदै आएको छ ।

प्रतिक्रिया