आइतबार, वैशाख १६, २०८१

शिल्पा सेट्टीले सुरु गरिन् सुपर डान्सरको सुटिङ

नेपालखोज २०७८ भदौ २ गते ७:२६

भारतीय मिडिया रिपोर्टअनुसार शिल्पा सेट्टी सुपर डान्सरको च्याप्टर-४ को सेटमा फिर्ता भइसकेकी छन् । उनले यो शोको आगामी एपिसोड छायांकनसमेत गरेको बताइन्छ ।

मुम्बई । बलिउड अभिनेत्री शिल्पा सेट्टी नित्य रियालिटी शो सुपर डान्सर च्याप्टर-४ की जज हुन् । शिल्पाले यो शोबाट केही दिनको ब्रेक लिएकी थिइन् । शिल्पा आफ्ना पति राज कुन्द्रा पोर्नोग्राफिक फिल्म निर्माणलाई लिएर गिरफ्तारीमा परेपछि सुपर डान्सरको सुटिङमा जान छाडेकी थिइन् ।

यसबीच शोका अर्का जज अनुराग वसुले शिल्पालाई मिस गर्दै आफूलाई शिल्पा कहिले सुपर डान्सरमा फर्कन्छिन् केही थाहा नभएको बताएका थिए । यद्यपि मंगलबार भारतीय मिडियामा आएको रिपोर्टअनुसार शिल्पा चाँडै यो शोमा फेरि देखा पर्दैछिन् ।

भनिन्छ- शिल्पा सार्वजनिक जीवनमा फर्किएकी छन् । पुन: यथावत् रुपमा आफ्नो काम गर्न थालेकी छन् । एक जानकारीअनुसार शिल्पाले मंगलबार एउटा एपिसोडको छायांकनमा सहभागिता जनाएकी थिइन् । राज कुन्द्राको पोर्नोग्राफी प्रकरणपछि शिल्पा ग्यामरको चमकदमकबाट केही पर थिइन् । शिल्पाले २० जुलाईमै यो शोको मैदान खाली गरेकी थिइन् । लगभग एक महिनापछि मंगलबार छायांकन स्थलमा शिल्पाको पुनरागमन भएको हो ।

बितेका केही साता सुपर डान्सर च्याप्टर-४ मा शिल्पाको ठाउँमा करिश्मा कपुर, सोनाली बेन्द्रेका साथै रितेश देशमुख र जेनेलिया डिसुजा प्रस्तुत भएका थिए ।

प्रतिक्रिया