चौबीस घण्टामा ३ हजार ४०३ संक्रमित थपिए, ४२ जनाको मृत्यु
नेपालखोज
२०७८ भदौ २ गते १७:००

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा ३ हजार ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा २ हजार १०४ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ८३९ जनाको पीसीआर परीक्षणबाट २ हजार ६१३ र ४ हजार ९९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७९० जना गरी जम्मा ३ हजार ४०३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै चौबीस घण्टामा ४२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार ३९६ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया