जो बाइडेनका छोराको वेश्या र ड्रग्समा करोडौं खर्च
सार्वजनिक भएको तथ्यअनुसार ती वेश्या उक्त होटेलमा पुगेपछि उनीहरु दुवैले भोड्का पिए र धूमपान गर्दै पोर्न क्लिप सुट गरे ।

हाइलाइट्स
- – अमेरिकी राष्ट्रपति जो बाइडेनका पुत्र हन्टरको ल्यापटपबाट खुल्यो उनको जीवनको रहस्य ।
- – पुत्र बाइडेनको थियो अनेकौं वेश्याहरुसँग सम्बन्ध, ड्रग्स सेवन गरेको कुरा पनि खुल्यो ।
- – कर छलीको कुरालाई लिएर आफैं डराएका थिए जुनियर बाइडेन ।
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनका पुत्र हन्टर बाइडेन अय्याश, लागुपदार्थ दुर्व्यसनी तथा वेश्यागमनमा लिप्त लफंगा साबित भएका छन । पुत्र बाइडेनकै म्याकबुक प्रोले उनको रंगीन रातका कहानी भनेको छ । न्युयोर्क पोस्टले हन्टरको म्याकबुक डिकोड गरेर पत्ता लगाएअनुसार उनले सन् २०१७ मा एमराल्ड फ्यान्टेसी गर्ल्स नामको एक वेबसाइटबाट आफ्ना लागि एक वेश्या बुकिङ गरेका थिए ।
हरियो रङको आँखा भएकी ती रूसी वेश्याको नाम यान्ना थियो । रिपोर्टमा दाबी गरिएअनुसार यो कामका लागि हन्टरले जुन एकाउन्टबाट ती वेश्यालाई भुक्तानी दिए त्यसको सम्बन्ध जो बाइडेनसँग हुनसक्छ । यद्यपि, यो दाबीको आधिकारिक पुष्टि हुन सकेको छैन ।
राष्ट्रपति जो बाइडेन पुत्र हन्टर बाइडेनको लिक भएको इमेलबाट ठूलो खुलासा के भएको छ भने उनले लाखौं डलर वेश्या, ड्रग्स र लक्जरी गाडीहरुमा खर्च गरेका छन् । त्यति मात्र होइन, उनले कर छलीको मुद्दामा परेर आफू जेल जान सक्ने कुरा पनि उल्लेख गरेको पाइएको छ । डेलिमेलले हन्टरको ल्यापटपबाट एक्सपर्ट्सहरुमार्फत एक लाख तीन हजार टेक्स्ट म्यासेज, एक लाख ५४ हजार इमेल तथा दुई हजारभन्दा बढी तस्बिर प्राप्त गरेको थियो जसबाट हन्टरको जीवनका रंगिन पानाहरु उजागर हुन्छन् ।
डेलिमेलको दाबी मान्ने हो भने ती तस्बिर, दस्ताबेज, इमेल तथा टेक्स्ट म्यासेजबाट थाहा लाग्छ कि सन् २०१३ देखि २०१६ सम्म ६ मिलियन डलरभन्दा बढी आम्दानी भए पनि हन्टरको अन्धाधुन्द खर्चले उनलाई ऋणमा डुबाएको थियो ।
यसैगरी डायना प्यागानो नामकी एक महिलाले हन्टरसमक्ष पूरा रातका लागि २०० डलरको अफर गर्दै म्यासेज गरेकी थिइन् । त्यति मात्र होइन, ती महिलाले हन्टरलाई ड्रग्स उपलब्ध गराउने प्रस्तावसमेत गरेकी थिइन् । प्यागानोमाथि आफ्नै घरअगाडि ड्रग्स बेचेको आरोपसमेत लागेको थियो । उक्त आरोपमा प्रहरी गिरफ्तारिमा समेत परेकी प्यागानो वेश्यावृत्तिसँग जोडिएको अपराधमा भने फँसेकी थिइनन् ।
लक्जरी गाडी र वेश्यामा लाखौं डलर खर्च
हन्टरले सन् २०१४ मा एक-एकवटा पोर्शे र एक ओडी, २०१८ मा फोर्ड र्याप्टर ट्रक तथा ८० हजार डलरको एउटा वाटर बोट, रेन्ज रोभर, ल्यान्ड रोभर, बीएमडब्ल्यू र शेवरले सहित कैंयौ लक्जरी गाडी खरिद गरेका थिए । उनले लाखौं डलर स्ट्रिपर्स तथा वेश्याहरुमाथि पनि खर्चिएका थिए ।
युवती सप्लाई गर्ने महिलासँग कुराकानी
हन्टरले अप्रिल २०१८ मा ‘विक्की’ नामकी एक महिलालाई ‘स्विटहार्ट’, ‘लभ’ भनेर सम्बोधन गर्दै टेक्स्ट म्यासेज पठाएका थिए । उनले युक्रेन कि ती महिलाको आमाको घरभाडा तिरिदिने प्रस्ताव गर्दै उनका लागि प्लेनको टिकटसमेत काटिदिएका थिए । २० फेब्रुअरी २०१९ मा हन्टरले डायना प्यागानोलाई टेक्स्ट म्याजेस पठाएपछि उनी अन्य महिलाहरुका साथ उबर बुक गरी कनेक्टिकटस्थित न्यु हेवनमा भएका हन्टरको होटेल रूममा पुगेकी थिइन् ।
जुनियर बाइडेनका किस्सा यत्तिमै सकिँदैन । भनिन्छ रूसीहरुसँग उनका कैयौं सेक्स भिडियो छन् । जुनियर बाइडेनले इमेलमा एक वेश्यासँग कुरा गर्दै भनेका छन्- रसियनहरुले ब्ल्याकमेल गर्न मेरो एउटा अर्को ल्यापटप चोरेका छन् । हन्टरका त्यो चोरी लस भेगासको एउटा होटेल रुममा भएको थियो, जहाँ उनी नशामा चूर भएर लडेका थिए ।
हराइसक्यो तीनवटा ल्यापटप
डेलिमेलले जुनियर बाइडेन र एक वेश्याको भिडियोका आधारमा उनले अहिलेसम्म आफ्ना तीनवटा ल्यापटप हराइसकेको कुरा उल्लेख गरेको छ । ती सबै ल्यापटपमा हन्टरका लाजमर्दा तस्बिर तथा भिडियो भएको प्रवल सम्भावना छ ।
हन्टर बाइडेनले जनवरी २०१९ मा एक वेश्याका साथ भएको आफ्नो सम्बन्ध ल्यापटपको क्यामेराको मद्दतले रेकर्ड गरेका थिए । तर उनले पछि त्यसलाई बन्द गर्न बिर्सिए । त्यति बेला लस भेगासको होटेलबाट त्यो ल्यापटप चोरी त भयो नै त्यसमा हन्टर र वेश्याको सम्बन्धका अतिरिक्त ती वेश्याले ड्रग डिलरसँग गरेको कुराकानी पनि रेकर्ड भएको थियो । त्यो समयमा हन्टरले लस भेगासको एक पेन्टहाउस सुइटमा १८ रात बिताएका थिए । लस भेगासका यस्ता पेन्टहाउस सुइटको एक दिनको खर्च १० हजार डलरसम्म लाग्छ ।
रोबर्ट नामबाट देह व्यापारीसँग च्याटिङ
हन्टरले ७ मई २०१८ मा आफ्नो नामको पहिलो शब्द रोबर्टको प्रयोग गर्दै एक वेश्यालाई गरेको टेक्स्ट म्यासेजमा लेखेका छन ‘हाई, मेरो नाम रोब हो । म चेटो मार्मोंटमा छु । के तिमी अहिले उपलब्ध हुन सक्छौ ?’ सार्वजनिक भएको तथ्यअनुसार ती वेश्या उक्त होटेलमा पुगेपछि उनीहरु दुवैले भोड्का पिए र धूमपान गर्दै पोर्न क्लिप सुट गरे ।
भनिन्छ त्यसक्रममा हन्टरले आफ्नो प्राइभेट पार्टमा मल्टी कलर्ड बटन शेप्ड चकलेट सजाएका थिए । यी सबै जानकारी हन्टरकै म्याकबुकबाट रिकभर गरिएका हुन् । होटेलको बिलअनुसार हन्टर त्यो महिनाको अन्त्यतिर पश्चिम हलिउडको द जेरेमीस्थित ४५० डलर प्रतिरात लाग्ने कोठामा पुगे । उक्त होटेलमा पनि हन्टरले सिक्रेट सर्भिसका दुई अवकाश प्राप्त एजेन्टको निगरानीमा एक वेश्यासँग सम्बन्ध राखे । भनिन्छ हन्टरले २४ मे को बिहान गुलनोरा नामकी एक महिलालाई होटेल रुममा बोलाए । ती महिला पनि एमराल्ड फ्यान्टेसी गर्ल्स साइटका लागि काम गर्थिन् । उनलाई हन्टरले डिजिटल पेमेन्ट एपमार्फत भुक्तानी दिएका थिए ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा
प्रतिक्रिया