शनिबार, असार १४, २०८२

‘अफगानिस्तान छोडेर मैले देशका जनतालाई युद्धबाट जोगाएको छु’

नेपालखोज २०७८ भदौ ३ गते ११:१७

काठमाडाैं । अफगानिस्तान छोडे पछि राष्ट्रपति अशरफ घानी हिजो बुधबार राति पहलो पटक संसारका सामु प्रकट भए र आफूले देश छोडनु कारण बताए ।

आफू माथि लागिरहेको कैयौं आरोपबीच अफगानिस्तान छोडेको चौथो दिन बुधबार अबेर राति अशरफ घानीले एक भिडियो सन्देश जारी गर्दै आफुले देश नछोडेको भए अफगानिस्तानमा आमहत्याको सिलसिला सुरु हुने कुरा बताएका छन् ।

म त्यस्तो खून(खराबा हेर्न सक्दिनँथिएँ , आफ्नो सत्ताका लागि मानिसहरु मारिनु ठिक थिएन , त्यसैले म पछाडि सरे । उनले मोटो रकम लिएर भागेको आरोपको पनि खन्डन गरेका छन् ।

अशरफ घानी भन्छन् ‘यो आरोप आधारहिन छ । म पैसा लिएर आएको छैन । म शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न चाहन्थे । अफगानिस्तान छोडेर मैले आफ्नो देशका जनतालाई रक्तरंन्जित युद्धबाट जोगाएको छु । उनले भने ‘म आफ्नो सुरक्षाका कारण अफगानिस्तानबाट टाढा आएको छु । सुरक्षा अधिकारिहरुको सल्लाहमै मैले यो कदम उठाएको हुँ ।’

अमेरिकी राष्ट्रपति जो बाइडनको वक्तब्य प्रति टिप्पणी गर्दै उनले भनेका छन् ‘हामि तालिबानसँग बातचित गरिरहेका थियौं तर त्यो निस्कर्ष बिहिन रह्यो ।

न्यूज एजेन्सि एएफपीका अनुसार, अशरफ घानी मातृभूमि फर्कने कुरालाई लिएर छलफल गरिरहेका छन् । अफगानिस्तानको नाममा सन्देश दिदैं अशरफ घानीले भनेका छन् ‘उनलाई उनको इच्छा विपरित देशबाट बेदखल गरियो । मैले देशलाई ठुलो दुर्भाग्यबाट जोगाउन देश छोडेको हुँ त्यसैले जसले मलाई चिन्दैनन उनिहरुले मेरा बारेमा फैसला नसुनाउन ।’

इस्लामिक देश संयुक्त अरब ईमिरेटस (यूएई)ले अफगान राष्ट्रपति अशरफ घानीलाई आफ्नो देशमा भएको कुरा बताउँदै उनी र उनको परिवारलाई मानवीय आधारमा शरण दिईएको कुरा बताएको छ ।

प्रतिक्रिया