बुधबार, जेठ १, २०८२

त्रिकोणात्मक क्रिकेट शृंखला खेल्न नेपाली टोली ओमान जाने

नेपालखोज २०७८ भदौ ३ गते १५:५३

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमान र अमेरिकासँग हुने त्रिकोणात्मक क्रिकेट शृंखला खेल्न नेपाली टोली ओमान जाने भएको छ ।

अर्को साता जाने टोलीमा १७ खेलाडी सामेल हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । भोलि (शुक्रबार) सम्म टोलीको टुंगो लाग्ने अनुमान छ । नेपालले ओमान र अमेरिकासँग त्रिकोणात्मक एक दिवसीय शृंखला खेल्नेछ ।

शृंखलामा सबै टोलीले एक-अर्कासँग दुई-दुई खेल खेल्ने तालिका छ । त्रिकोणात्मक शृंखलाअघि तयारीका लागि नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग दुई एकदिवसीय खेल खेल्नेछ । नेपाली टोलीले साउनको तेस्रो सातादेखि बन्द प्रशिक्षण गरिरहेको छ ।

प्रतिक्रिया