शनिबार, जेठ ५, २०८१

डुबान र कटान रोक्न यसरी जुटे प्रजिअ, सेना र प्रहरी (फोटो फिचर)

नेपालखोज २०७८ भदौ ४ गते १३:१४

सर्लाही । बाढी, पहिरो, भूकम्पलगायत विभिन्न प्राकृतिक विपत्‌हरुका कारण नेपाल उच्च जोखिममा छ । मिश्रित विपत्तिहरुको जोखिममा नेपाल १६औं स्थानमा पर्छ । तराई र पहाडी क्षेत्रमा बर्सेनि बाढी-पहिरोको विपत्तिले सयौं नेपाली घरबारविहीन भएका उदाहरणहरु छन् ।

तराईका विभिन्न जिल्लाहरुमध्ये सर्लाहीमा बर्खामासमा बाढी र कटानले वितण्डा मच्चाउने गरेको छ । कतै डुबानको त कतै बाढीको समस्याले जिल्लाका बासिन्दा हैरान छन् । सर्लाहीको कोडोना गाउँपालिका क्षेत्रमा रहेको लखन्देही खोलाले गर्ने वितण्डा भने यस वर्ष टरेको छ ।

खोलामा बाढी बढेसँगै उच्च डुबान र कटानले जमिन तथा बस्तीमा क्षति गर्न थालेपछि विभिन्न सरोकारवालाको सक्रियतामा खोला किनारमा बाँसको पाइलिङ बनाएपछि तत्काललाई समस्या टरेको हो । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको सक्रियतामा सरोकारवालाले सम्भावित कोडोना खोलामा संयुक्त अनुगमनपछि सेना, प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा बाँसको पाइलिङ निर्माण गरिएको छ ।

यस्तै पाइलिङ निर्माणमा जनताको तटबन्ध कार्यक्रमको बोरासहित प्राविधिक सहयोग, कोडोना गाउँपालिकाले उपलब्ध गराएको बाँससहित श्रमिकको उपलब्धता र स्थानीयको पनि सहभागितामा बाँसको बाँध बनाइएको प्रजिअ महतोले जनाएका छन् ।

‘तत्काल तटबन्ध नगर्दा लखन्देही खोलाले बाँध कटान गरी कौडेना गाउँपालिकाको ठूलो क्षेत्र डुबान तथा कटानमा पर्ने भएकाले यसलाई विकल्पका रुपमा बाँसको बाँध बनाएका हौं,’ प्रजिअ महतोले जनाएका छन् । बाँसको बाँध नबनाइएको भए खोलाको बहाव परिवर्तन भई बस्ती विस्थापित हुने जोखिम उच्च थियो ।

हेरौं सर्लाहीको कोडोनामा सेना, प्रहरी र स्थानीयको सक्रियतामा खोलाको वितण्डा रोक्न बनाइँदै गरिएको बाँसको पाइलिङ थप तस्बिर :

May be an image of tree, body of water and nature
May be an image of body of water and tree
May be an image of tree and body of water
May be an image of tree and outdoorsMay be an image of one or more people, people standing and outdoorsMay be an image of 2 people, people standing, tree and outdoorsMay be an image of 1 person and outdoorsMay be an image of one or more people, people standing and outdoorsMay be an image of one or more people, people standing and outdoorsMay be an image of body of water and treeMay be an image of 1 person, standing and body of waterMay be an image of tree and body of water

तस्बिरहरु : सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको फेसबुकबाट

प्रतिक्रिया