चौबीस घण्टामा ३ हजार ४२ संक्रमित थपिए, २६ जनाको मृत्यु

नेपालखोज २०७८ भदौ ४ गते १६:२७

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा ३ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा २ हजार २४४ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ५३० जनाको पीसीआर परीक्षणबाट २ हजार ७९ र ७ हजार १२४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९६३ जना गरी जम्मा ३ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै चौबीस घण्टामा २६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार ४५५ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ४० हजार ३०९ रहेको छ ।

प्रतिक्रिया