काठमाडौं उपत्यकामा ८ सय ९८ जनामा कोरोना पुष्टि
नेपालखोज
२०७८ भदौ ४ गते १६:४९

काठमाडौं । काठमाडौं उपत्यकामा थप ८ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो चौबीस घण्टामा काठमाडौंमा ६ सय ४, ललितपुरमा १८७ र भक्तपुरमा १ सय ७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ११ हजार ६ सय ३० पुगेको छ ।
सम्बन्धित

प्रतिक्रिया