मखन टोलमा ४१ जनाले गरे रक्तदान

नेपालखोज २०७८ भदौ ४ गते २१:२२

काठमाडौं । नेपाल स्वयमसेवी रक्तदाता समाजले काठमाडौंमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कोरोना महामारीको कारण रगत व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न स्वयमसेवी शतक रक्तदाता एवं नेपाल स्वयमसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको उपस्थितिमा काठमाडौंको मखन टोलमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि ४१ जनाले रक्तदान गरेका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा नेपाल स्वयमसेवी रक्तदाता समाज २० र २४ वडा नगर समितिकोे संयोजन तथा व्यवस्थापनमा काठमाडौं विश्व विद्यालयमा अध्ययनरत बिद्यार्थीहरूद्वारा विशेष रक्तदान कार्यक्रम आयोजना गरिएकोे हो ।

उक्त कार्यक्रममा रक्तदाता समाजका केन्द्रीय अध्यक्ष कर्माचार्य,स्वास्थ्य सेवा बिभाग नेपाल रेडक्रस सोसाइटीका निर्देशक डा. मनिता राजकर्णिकार र महानगरीय प्रहरी बृत्तका प्रमुख डि.एस.पी. डिलबहादुर मल्लले रक्तदातालाई प्रशंसा–पत्र बितरण गरेका थिए । कार्यक्रमको संयोजन नेपाल स्वयंसेवी रक्तदाता समाज २० वडा नगर समितिका अध्यक्ष राम रञ्जितले गरेका हुन्।

नेपाल स्वयंसेवी रक्तदाता समाज २० वडा नगर समितिका अध्यक्ष सुरेश सिलाकारको अध्यक्षता तथा काठमाडौं विश्वविद्यालयमा अध्ययनरत छात्रा युनिशा महर्जनको संयोजकमा कार्यक्रम सम्पन्न भएको थियो ।

रक्तदान कार्यक्रमको एक झलक

प्रतिक्रिया