आईसीसी सीडब्ल्यूसी लिग-२ का लागि खेलाडी छनोट

नेपालखोज २०७८ भदौ ५ गते १२:१८

काठमाडौं । आईसीसी सीडब्लूसी लिग–२ अन्तर्गत ओमानमा हुने नेपाल, ओमान र अमेरिकाबीचको ट्राई सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि खेलाडी छनोट गरिएको छ । कप्तान ज्ञानेन्द्र मल्लसहित १७ खोलाडी छनोट गरिएको नेपाल क्रिकेट संघले जनाएको छ । 

ज्ञानेन्द्र मल्लसँगै आसिफ सेख, कुशल मल्ल, सोमपाल कामी,  अविनाश बोहरा, शरद भेषवाकर, दीपेन्द्र सिंह ऐरी, गुलशन झा,  विनोद भण्डारी, सन्दीप लामिछाने, रोहित पौडेल, विक्रम सोव, कुशल भुर्तेल, आरिफ सेख, करण केसी, पवन सराफ, सुशन भारी छनोट भएका छन् । 

No description available.

प्रतिक्रिया