मन्त्रीको तलब सामाजिक सेवामा
नेपालखोज
२०७८ भदौ ५ गते १८:२९
काठमााडौं : गण्डकी प्रदेशका मन्त्री विन्दुकुमार थापाले पारिश्रमिकवापतको रकम सामाजिक सेवामा खर्च गरेका छन् ।
प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री थापाले शनिबार पोखरा–३३ भरतपोखरीका युवालाई १५ थान भलिबल र जाली हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा मन्त्री थापाले सांसद हुँदादेखि नै प्रदेश सरकारबाट प्राप्त हुने तलबभत्तामा केही आफूले पनि थपेर सामाजिक सेवासँगै विकास निर्माणमा समेत खर्च गर्दै आएको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस पोखरा–३३ भरतपोखरीका सभापति रामचन्द्र पौडेलले जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्ने उल्लेख गरे ।
सम्बन्धित

प्रतिक्रिया