क्रियाशील सदस्यता विवाद मिलाउन कांग्रेसका शीर्ष नेताबीच छलफल

नेपालखोज २०७८ भदौ ५ गते २१:५५

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको छ ।

क्रियाशील सदस्यता विवाद टुंग्याउन भन्दै कांग्रेसका शीर्ष नेताहरुबीच शनिबार साँझ छलफल भएको हो । महाधिवेशनको कार्यक्रम शुरु हुन दुई साता भन्दा कम समय बाँकी हुँदा पनि कांग्रेसले क्रियाशील सदस्यता टुंग्याउन सकेको छैन ।

क्रियाशील सदस्यताको बाँकी काम टुंग्याउने जिम्मा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखकलाई दिइएको छ । उनीहरुले शनिबार साँझ प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग बालुवाटारमा भेटवार्ता गरेका छन् ।

कांग्रेसले भदौ १८ मा वडा अधिवेशन गर्ने निर्णय गरेको थियो । तर अहिलेसम्म निर्वाचन समितिले क्रियाशील सदस्यताको अन्तिम सूची प्रकाशन गर्न नसक्दा कांग्रेसको महाधिवेशन फेरि परि अनिश्चित भएको छ ।

गत साउन ३० गते सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यतासम्बन्धी बाँकी काम भदौ ३ गतेसम्म टुंग्याउने जिम्मा तीन नेतालाई दिएको थियो ।

प्रतिक्रिया