शनिबार, वैशाख १५, २०८१

इन्फिनिटी लघुवित्तको एकीकृत कारोबार सुरु

नेपालखोज २०७८ भदौ ६ गते १८:१३

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरे पछि एकीकृत कारोबार सुरु भएको छ ।

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका सञ्चालक तथा संयुक्त मर्जर वा प्राप्ति समितिको संयोजक बलराम विष्टको सभापतित्वमा केन्द्रीय कार्यालय गैंडाकोट, नवपपुरमा एकीकृत कारोबार सुरु गरिएको हो ।

समुद्घाटन समारोहका सभापति र साविक नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष रमेश कुमार कर्मचार्यले संयुक्तरुपमा भर्चुअल माध्यमबाट गरेका हुन् ।

उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामाले उपस्थित सञ्चालक, अतिथि र सम्पूर्ण ग्राहकहरुलाई स्वागत गरेका थिए ।

एकीकृत कारोबार पश्चात संस्थाको पुँजी ३२ करोड ४६ लाख, सेवा पुगेको जिल्ला ३९, शाखा संख्या ८५, कर्मचारी संख्या तीन सय ४२, सदस्य संख्या ७४ हजार, निक्षेप एक अर्व १५ करोड, कर्जा रकम चार अर्व १४ करोड भन्दा बढी पुगेको छ ।

प्रतिक्रिया