क्यान्सर पीडितलाई नेविसंघको सहयोग

नेपालखोज २०७८ भदौ ७ गते २०:५०

काठमाडौं । नेपाल विद्यार्थी संघले अर्घाखाँचीका बोनम्यारो क्यान्सरबाट पीडित भई उपचाररत गणेश खनाललाई आर्थिक सहयोग गरेको छ ।

दुर्गा भवानी उच्च माध्यामिक विद्यालय सैनामैना १, रुपन्देहीमा कक्षा ११ मा अध्ययनरत अर्घाखाँचीका खनाल बोनम्यारो क्यान्सरको उपचार गराइरहेकोमा भक्तपुर क्यान्सर अस्पताल पुगेर नेपाल विद्यार्थी संघले दुई लाख सात हजार ३४७ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

हाल अस्ट्रेलियामा रहेका नेविसंघसँग आबद्ध प्रशान्तजंग कुँवरलगायत नेविसंघका विद्यार्थीले संकलन गरेर पठाएको रकम नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री तथा नेपाली कांग्रेसका नेता कुन्दनराज काफ्लेले बिरामीको आमा शान्ता खनाललाई हस्तान्तरण गरेका हुन् ।

आमा खनालले छोरोको उपचार अस्पतालमा भइरहेको भन्दै उपचारका लागि लाग्ने रकम अभाव भएको बताइन् । नेविसंघ पूर्वमहामन्त्री काफ्लेले बिरामीको उपचारका लागि अस्पतालसँग आफूहरुले कुरा गरेर सहजीकरण गर्ने बताए ।

प्रतिक्रिया