शुक्रबार, जेठ ३, २०८२

फेरि बढ्यो इन्धनको भाउ, पेट्रोल लिटरको १३०

नेपालखोज २०७८ भदौ ७ गते २१:०२

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि पनि बढेको छ । नेपाल आयल निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

भारतबाट मूल्य बढेर आएको जनाउँदै निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ । आज राति १२ बजेदेखि बढेको मूल्य लागू हुने निगमले जनाएको छ ।

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११३ रुपैयाँ पुगेको छ भने आन्तरिकतर्फको हवाई इन्धनको मूल्य बढेर प्रतिलिटर ८६ रुपैयाँ पुगेको छ।

खाना पकाउने ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँले बढेर प्रतिसिलिण्डर १४५० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रियतर्फको हवाइ इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर १६ ले बढेर प्रतिकिलोलिटर ७७० अमेरिकी डलर पुगेको छ ।

प्रतिक्रिया