आइतबार, वैशाख १४, २०८२

गोसाईंकुण्डका मनै लोभ्याउने दृष्य (फोटो फिचर)

रोविन पौडेल २०७८ भदौ ८ गते १४:०३

रसुवा । फराकिलो नीलो रङको पोखरी । माथि हेर्‍यो नीलै आकाश । नीलो पानी र आकाशको रङले वातावरण पनि नीलै भएको आभास हुन्छ ।

जलसरोवरको वरिपरि साना-साना पहाडी थुम्का । अनि माथिबाट कुहिरोको घुम्टोको मनोरम दृष्य । गहिरो, नीलो तथा शान्त मुद्रामा छ जलपोखरी । पोखरीको किनारमा भक्तजनको घुइँचो छ । कोही नुहाइरहेका देखिन्छन् त कोही मनोरम दृष्यको अवलोकन गर्दै फोटो खिच्न अभ्यस्त देखिन्छन् । यो मनोरम एवं पवित्र धार्मिक पोखरीको नाम हो गोसाईंकुण्ड ।

नेपालको रसुवा जिल्लामा ४,३८० मिटरको उचाइमा रहेको छ गोसाईंकुण्ड । फराकिलो नीलो पानीको ठूलो सरोवर नै गोसाईंकुण्ड हो । पोखरीका वरिपरि रहेका विभिन्न कुण्डहरुमध्ये एउटा पार्वती कुण्ड हो भने अर्को मुख्य गोसाईंकुण्ड हो । रसुवाका विभिन्न कुण्डमध्ये गोसाईंकुण्ड प्रमुख मानिन्छ । यही प्रमुख कुण्डको नामबाटै गोसाईंकुण्ड नाम रहन गएको धार्मिक विश्वास छ ।

गोसाईंकुण्डलाई शिवकुण्ड पनि भन्ने गरिएको छ । काठमाडौंको सुन्दरीजलदेखि गोसाईंकुण्डसम्मको यात्रा धार्मिक, ऐतिहासिक र मानवशास्त्रीय हिसाबले राम्रो पदयात्रा मानिन्छ । आन्तरिक तथा बाह्य पर्यटकहरुको गोसाईंकुण्डले मन लोभ्याउने गर्छ । गोसाईंकुण्डलाई त्रिशूली नदीको उद्‌गम पनि मानिन्छ ।
हेरौं गोसाईंकुण्डका थप तस्बिर :

No description available.
No description available.No description available.No description available.No description available.No description available.No description available.May be an image of nature and lakeMay be an image of nature

प्रतिक्रिया